पूर्वराजा रानीले जिते कोरोना



काठमाडौं । पूर्वरानी कोमल शाह कोरोना संक्रमणमुक्त भएकी छन् । यस्तै पूर्वराजा ज्ञानेन्द्र र पूर्वअधिराजकुमारी प्रेरणा शाह कोरोना पनि सङ्क्रमणमुक्त भएका छन् । उनीहरु तीनै जनाको पिसिआर परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएको छ । हाल नर्भिक इन्टरनेशल अस्पतालमा उपचाररत उनीहरुको स्वास्थ्यावस्थामा सुधार आएपछि केही दिनदेखि सघन उपचार कक्षबाट शय्या सारेर उपचार भइरहेको छ ।

अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाले पूर्व रानीको स्वास्थ्यमा सुधार आएपछि अक्सिजनको मात्रासमेत घटाउँदै लगिएको जानकारी दिए । उनीहरु कोरोना सङ्क्रमित भएपछि अस्पताल भर्ना हुनु भएको थियो । पूर्वरानीको प्लाज्माथेरापी विधिबाट उपचार थालिएको थियो । यस्तै सङ्क्रमणमुक्त भएपछि पूर्वराजा शाहलाई अक्सिजन दिन छाडिएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्