नेपाल मेडिकल कलेजमा भर्ना भएका संक्रमितलाई तत्काल अस्पताल फेर्न आग्रह, बिरामीको रुवाबास



न्युज अफ नेपाल, काठमाडौं ।

गोकर्णेश्वरस्थित नेपाल मेडिकल कलेजले त्यहाँ भर्ना भई उपचार गराइरहेका कोरोना संक्रमितलाई अक्सिजन पुर्‍याउन नसक्ने भन्दै  छिटो भन्दा छिटो अर्को अस्पतालमा सार्न आग्रह गरेको छ ।

मंगलबार दिउँसो एक सूचना जारी गरी अस्पताल प्रशासनले अक्सिजन अभाव भएको बताउँदै भर्ना भएका बिरामीलाई समेत अन्तै सार्न अनुरोध गरेको हो । अस्पतालले सूचना जारी गरेसँगै अस्पतालमा उपचार गराइरहेका बिरामीलगाएत आफन्तको रुवाबासी सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्