लुम्बिनी प्रादेशिक अस्पतालमा थप १२ जना संक्रमितको मृत्यु



न्युज अफ नेपाल ,बुटवल ।

लुम्बिनी प्रादेशिक अस्पतालमा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।अस्पतालको इमर्जेन्सीमा उपचाररत थप १२ जना संक्रमितको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ७ जना रुपन्देहीमा, ३ जना कपिलवस्तुका तथा नवलपरासी पश्चिम र प्युठानका एक(एक जना छन् । १२ जना मध्ये ११ जना पुरुष र एकजना महिला हुन् । उनीहरु मध्ये ५ जनाको गएराति १२ बजे यता बिहानसम्म,४ जनाको सोमबबार दिउसो साढे ४ बजेपछि राति १२ बजेसम्म, २ जनाको २६ गते र एकजनाको २४ गते दिउसो मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा‍ विष्णु गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्