बहुमत गुमाएका प्रधानमन्त्री ओलीका पक्षमा ९३ मत, विपक्षमा कति ?



न्युज अफ नेपाल, काठमाडौं ।

प्रतिनिधिसभामा विश्वासको मत गुमाएपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । प्रधानमन्त्री पदमुक्त भएसँगै कम्युनिष्ट पार्टीको सरकार ढलेको छ । प्रतिनिधिसभाबाट आवश्यक पर्ने विश्वासको मत नपाएपछि सोमबारदेखि प्रधानमन्त्री ओली स्वतः पदमुक्त बनेका हुन् । नेकपा एमालेका १२१ जना सांसद रहेको नेता माधव कुमार नेपाल पक्षका सांसदहरु समेतले प्रधानमन्त्री ओलीलाई मत दिएनन् ।

प्रधानमन्त्री ओली आफैँले विश्वासको मत लिन राष्ट्रपति समक्ष संसदको विशेष अधिवेशन आह्वान गर्न सिफारिस गरेका थिए । आज भएको मतदानमा प्रधानमन्त्री ओलीको पक्षमा ९३ मत खसेको छ । विपक्षमा १२४ मत खसेको छ । १५ सांसदले कुनै पनि पक्षमा मतदान गरेनन् । उनीहरु तटस्थ बसे । मतदान प्रक्रियामा सहभागिता जनाउन २३२ सांसद उपस्थित रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्