ओली सरकार ढलेसँगै सूर्य थापाले पोखे आक्रोस, भने-‘पाखण्डीपन’ 



न्युज अफ नेपाल, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढलेसँगै प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा स्वकीय सचिव सूर्य थापा आक्रोशित बनेका छन् । सोमबार ओलीले मागेको विश्वासको मतमा पक्षमा ९३ भोट खसेको थियो भने विपक्षमा १२४ भोट खसेको थियो भने १५ जना चाही तटस्थ बसेका थिए ।

मतदानको अन्तिम नतिजा बाहिरिएको केही मिनेटमै सामाजिक सञ्जाल फेसबुकमा आक्रोस पोख्दै थापाले एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल पक्षले पाखण्डीपन देखाएको आरोप लगाएका छन् ।

उनले नेपाल-खनाल समूहका २८ जना नेताको नामावली जारी गर्दै लेखेका छन् -‘केही मान्छेहरूको जिन्दगी विरोधाभाषले भरिएको र रोचक पाइन्छ, आफ्नै पार्टीको सरकारविरुद्ध राजीनामा दिने हल्ला गर्छन्, सांसदहरूलाई तिनैले विरोधमा उकास्छन्, तथानाम बोल्छन्, अहोरात्र पार्टी कब्जा, विखण्डन र विभाजनको कृत्य गर्छन् र पार्टी एकताको आँसु पनि झार्दै तिनैले वार्ता गरेका कलविहीन नाटक पनि गरेका देखिन्छन् ! सायद यस्तैलाई पाखण्डीपन भनिन्छ होला ?’

प्रतिक्रिया दिनुहोस्