ओलीलाई यादवको प्रश्न : आफैंले विघटन गरेकाे संसदबाट विश्वासको मत माग्ने नैतिकता रह्यो र ?



न्युज अफ नेपाल, काठमाडौँ ।

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव आफैँले विघटन गरेको संसदबाट विश्वासको मत कसरी माग्नुभयो भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत माग्दै राखेको प्रस्तावमाथि बोल्दै यादवले ओलीलाई आफैंले विघटन गरेको संसद्बाट विश्वासको मत लिने अधिकार नभएको जनाउँँदै भने , ‘प्रधानमन्त्रीज्यू, तपाईं आफैंले विघटन गर्नुभएको संसद्बाट विश्वासको मत कसरी माग्नुभएको ? तपाईंसँग अब त्यो नैतिकता रह्यो र ?’ ।

त्यस्तै, उनले बजेट र योजना बिनाको शिलान्यासलाई विकास भन्न नमिल्ने बताएका छन् । उनले भने,‘ आयोजनाको डिजाइन पनि छैन, बजेट पनि छैन, हतार-हतार शिलान्यास गरेको छ, बजेट बिना र योजना बिनाको शिलान्यासलाई विकास भनिँदैन प्रधानमन्त्रीजी ।’

यतिबेला जनताको जीवनमाथि ठूलो खेलवाड भएको बतउँदै उनले यस्तो सरकारलाई बसैले विश्वास नगर्ने जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्