बिजुलीबजार आर्क ब्रिज मुनिको ट्रयाक तत्काल व्यवस्थित गरिन्छ : आयुक्त ढकाल



न्युज अफ नेपाल, काठमाडौं ।

उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकालले धोबीखोला करिडोर स्थित विजुलीबजारको आर्क ब्रिज मुनीको ट्रयाक तत्काल व्यवस्थित गर्ने बताउनुभएको छ । आज बिहान धोबीखोला करिडोरको २४ किलोमिटर लामो बाटो निरीक्षण गर्ने क्रममा बिजुलीबजार पुग्नुभएका विकास आयुक्त ढकालले बिजुलीबजार पुल मुनीको बाटो तत्काल बनााउन निर्देशन दिनुभएको हो । करिब ६ महिना अघि शहरी विकाुमन्त्री कृष्णगोपाल श्रेष्ठले धोबीखोला करिडोर निरीक्षण गर्ने क्रममा बिजुलीबजार पुग्दा बन्द रहेको ट्रयाक तत्काल खोल्न आग्रह गर्नुभएको थियो । त्यसको करिब १५ दिनपिछि सो ट्रयाक खुलेको थियो ।

ट्रयाक खुलेपनि खानेपानीको पाईपको कारण व्यवस्थित नभएपछि पुनः समस्या आएको थियो । समस्या सुनुवाई गर्न बिजुलीबजार पुलमुनीको बाटो निरीक्षण गर्न पुग्नुभएका विकास आयुक्त ढकालले सकेसम्म चालु आबमा सो ट्रयाकलाई व्यवस्थित बनाउने जानकारी दिनुभयो । भन्नुभयो–राजधानीको सावारी जाम कम गर्न महत्वपुर्ण धोबीखोला करिडोरको क्षेत्रमा समस्या देखिएका सबै बाटो खोल्नेछौ ।

जहाँ समस्या देखिएको छ । सो स्थानमा आफु उपस्थित भएर गुनासो सुनुवाई गरी काम अघि बढाउने बताउदै विकास आयुक्त ढकालले भन्नुभयो–आगामी आबमा धोबीखोला करिडोरको सबै काम पुरा गर्नेछौ । धोबीखोला करिडोर आयोजनाका प्रमुख दिनेश पोते सहितको टोली संगै निरीक्षण गर्न पुग्नुभएकी ढकालले हाल देखिएको समस्या समाधान गर्न सबै सरोकारवाला, स्थानीय टोल सुधार समितिको बैठक बोलाएर निर्णय गर्ने बताउनुभयो । हाल देखेको समस्या तत्काल सुमाधान गर्ने क्रममा आवश्यक परे मन्त्रालयको समेत सहयोग लिइनेछ–उहाको भनाई थियो । आयोजना प्रमुख पोतेले करिडोरको हालसम्म ९० प्रतिशत काम सम्पन्न भैसकेको जानकारी गराउनुभयो । भन्नुभयो–अब करिब ३० करोड रुपिया आवश्यक पर्ने देखिएको छ , आगामी आबमा सो बजेट प्राप्त भए सम्पुर्ण काम सक्नेछौ ।

टोलीले बुढानिलकण्ठ नजिक रहेको तेस्रो चरणको कामको निरक्षण गरेको थियो । निरीक्षण गर्ने क्रममा आयोजना प्रमुख पोतेले करिब ३ बटा घरको मुआब्जा विवादको कारण निलोपुल क्षेत्रमा काम गर्न समस्या परेको बताउनुभयो । करिब एकसाता अघि मात्र नियुक्ति हुनुभएकी विकास आयुक्त ढकालले आफुले उपत्याकावासीलाई महसुस हुने काम गर्ने जानकारी गराउदै आफ्नो पहिलो प्राथमिकता धोबीखोला करिडोर सम्पन्न गर्नु रहेको बताउनुभयो ।

एघार वर्षअघि शुरु भएको सो आयोजनामा हालसम्म ३ अर्ब ११ करोड रुपिया खर्च भैसकेको । साढे ४ अर्ब रुपिया लागतमा सम्पन्न गर्ने योजना रहेको सो परियोजना अन्तर्गत हालसम्म २३ किमि सडक, करिब ३ किमि ढल व्यवस्थापन र निर्माण , र १८ किमि कालोपत्र गर्ने काम सम्पन्न भैसकेको छ । विकास आयुक्त ढकालले पहिलो चरणमा बिजुलीबजारको पुलमुनीको ट्रयाक निर्माण गरी सजिलै सवारी आवागमन भएपछि अन्य काम निरन्तर गर्दै लैजाने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्