ओलीलाई देउवाको प्रश्न : यो अवस्था तपाईंले सिर्जना गर्नुभएको दम्भका कारण होइन ?



न्युज अफ नेपाल, काठमाडौँ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारपूर्ण रूपले असफल भएको बताएका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत माग्दै राखेको प्रस्तावमाथि बोल्दै सभापति देउवाले भने, ‘सरकार गठनपछि ३ वर्षको मूल्यांकन गर्दा ओली सरकार पूर्ण रूपले असफल भएको छ ।’

यस्तै, देउवाले प्रधानमन्त्रीले अरुमाथि दोष थुपारेर जिम्मेवारीबाट भाग्न नपाउने जनाएँदै भने नपाइने देउवाले बताए । ‘आफू कार्यकारी प्रमुख प्रधानमन्त्री हुने अनि अरुमाथि दोष थुपार्ने ?’ उनले भने, ‘अरुमाथि दोष र गुनासो थुपारेर प्रधानमन्त्री जिम्मेवारीबाट भाग्न पाउनुहुन्छ ?’

देउवाले मानिस दुनियाँबाट भाग्न सके पनि आफैंबाट भाग्न नसक्ने जनाउँदै हालको परिस्थिति ओलीका कारण सिर्जना भएको होइन र भन्दै प्रश्न समेत गरे । ‘मानिस दुनियाँबाट भाग्न सक्छ, आफैंबाट भाग्न सक्दैन ‘उनले भने,’ एकपटक छातीमा हात राखेर भन्नुस्, आफैंले आफैंलाई सोध्नुस्, यो अवस्था तपाईंले सिर्जना गर्नुभएको दम्भका कारण होइन? ।

प्रतिक्रिया दिनुहोस्