नेपाल-खनाल समूहले पार्टी विभाजन गरे म साथ दिन्छु : गौतम



न्युज अफ नेपाल, काठमाडौँ ।

नेकपा एमालेका नेता वामदेव गौतमले नेपाल-खनाल समूहले पार्टी विभाजन गरे सो कार्यमा आफूले साथ दिने बताएका छन् ।

गौतमले एमालेमै भएर समानान्तर गतिविधि गर्ने, कमिटी बनाउनेजस्ता काममा भने आफूले साथ नदिने बताएँदै भने ‘वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका नेता कमरेडहरुले नेकपा एमालेमै भएर समानान्तर गतिविधि गर्ने, कमिटी बनाउनेजस्ता काममा मेरो सहमति छैन, तर यदि उहाँहरुले चाहे संसदको ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु।’

प्रतिक्रिया दिनुहोस्