बायर्न नवौंपटक च्याम्पियन



लन्डन, (एजेन्सी)

जर्मन क्लबबार्यन म्युनिखलगातार नवौं सिजन घरेलु बुन्डेसलिगा फुटबलको च्याम्पियन बनेको छ ।शनिबार रातिबार्यन सिजन २०२०–२१ को अन्तिमतीन खेल बाँकी छँदै च्याम्पियन बनेको हो । लिगतालिकाको दोस्रो स्थानमा रहेको आरबी लेइप्जिगशीर्ष चारको दौडमा रहेको बोरुसिया डर्टमन्डसँग पराजित भएपछि बार्यन च्याम्पिय बनेको हो । दोस्रो स्थानको लेइप्जिगलाई डर्टमन्डले आफ्नो घरेलु मैदानमा ३–२ को अन्तरमा हराएपछि बार्यन चाँडै च्याम्पियन बनेको हो ।

डर्टमन्डको जितमायुवा स्टार जाडोन सान्चो नायक बने । उनले खेलको ८७औं मिनेटमा टिमका लागिविजयीगोल गरेका थिए । त्यसअघि,उनले ५१औं मिनेटमा पनिपहिलो गोल गरेका थिए । सान्चोकै दुई गोलको मद्दतमा डर्टमन्डले लेइप्जिगलाई हराउँदै शीर्ष चारमा पनिउक्लिन सफलभयो । शनिबारै बार्यनले सातौं स्थानको मोन्चङ्लाडवाचलाई आफ्नो घरेलु मैदानमा ६–० को फराकिलो गोलअन्तरले हरायो । तर, बार्यन यो खेल खेल्नुअघि नै च्याम्पियनबनिसकेको थियो ।

उपाधिआफ्नो नाममालेखाइसकेपछिको खेलमाबार्यनले फराकिलो जितनिकालेको हो । सो खेलमाबार्यनलाई जिताउन रोवर्ट लेवान्डोस्कीले ह्याट्रिक गरे भने थोमस मुलर, किङ्स्ले कोमान र लिरोए सानेले समान एक–एक गोलको योगदान गरे । अन्तिमतीनखेलअघि नै च्याम्पियनबनिसकेको बार्यनले ३२औं साताको खेल जित्दै आफ्नो खातामाकुल७४ अंकबनाएको छ । समान खेल खेलेको लेइप्जिगको भने ६४ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्