चेम्बरले शुरू ग-यो एम्बुलेन्स सेवा



काठमाडौं (नेस) ।

नेपाल चेम्बर अफ कमर्सले कोभिड–१९ बाट सिर्जित स्वास्थ्य सम्वेदनशीलतालाई मध्यनजर गर्दै एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । आपतकालीन स्वास्थ्य प्रयोजनका लागि बिहान सात बजेदेखि साँझ सात बजेसम्म एम्बुलेन्स सेवा उपलब्ध हुने चेम्बरले जनाएको छ ।

कोभिड–१९ का कारण गम्भीर बिरामीहरू अस्पतालसम्म पुग्न कठिनाइ भइरहेका बेला नेपाल चेम्बरले छत्रपाटी चिकित्सालयसँगको सहकार्यमा एम्बुलेन्स सेवा उपलब्ध गराएको हो । हाललाई काठमाडौं उपत्यकाभित्रका अस्पताल जानुपर्ने बिरामीहरूले एम्बुलेन्स सेवा लिन सक्नेछन् । एम्बुलेन्स सेवा प्रयोगका लागि नेपाल चेम्बर अफ कमर्सको फोन नं. ०१५३३०९४७ वा छत्रपाटी चिकित्सालयको मोवाइल नं. ९८५१२१६०३९मा सम्पर्क राख्न सकिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्