ओलीले राजीनामा दिनु बेस



नेपालमा कोरोना महामारी चलिरहेका बेला फोहोरी राजीतिको खेल चलिरहेको छ । जनता कोरोना संक्रमणबाट धमाधम मृत्युवरण गर्न बाध्य छन् । जब कोरोनाको दोस्रो लहर आउन काँकी थियो, पूर्वतयारी गर्ने पर्याप्त समय थियो, त्यति बेला प्रधानमन्त्री ओली चन्द्रमाबाट देखिने गरी जनता सडकमा ओरालेको खुशी मनाइरहेका थिए । उनी राम मन्दिरमा राम–सीताका मूर्तिहरु स्थापना गर्न हजारौँ जनतालाई सडकमा आउन आग्रह गरिहरहेका थिए । सक्दै नसकिएका र विनाबजेटका योजनाहरु उद्घाटन गरेर धमाधम शिलापत्रमा आफ्ना नाम लेखाउन मस्त थिए ।

तर अस्ति एक विदेशी टेलिभिजनको अन्तर्वार्तामा उनले यो सबै जनताको लापरबाही रहेको भन्दै उनले जनतामा दोष थोपरे । जनताले तिरेको करमा आसेपासेका अर्बौं भ्रष्टाचार काण्ड लुकाउने ओली, जनता बेड र अक्सिजनको अभावमा मरिरहँदा उनी जनतालाई कोरोनाबाट बच्न अम्बाको पात चपाएर कोरोना जित भनेर भाषण छाट्छन् । बेला न कुबेला संसदमा विश्वासको मत लिन तम्सिएका छन् । ओलीको आत्मरतीको पराकाष्ठा जनताले तीन वर्षमै आजित हुने गरी भोगिसकेका छन् । उनले जनतालाई गफबाहेक केही दिन सकेका छैनन् । देशलाई समृद्ध बनाउँछु भन्दै देश लुटेर सखाप पारेका ओलीले अविलम्ब राजीनामा दिएर बालकोट गई बस्दा बेस हुन्छ । यही महामारीमा जनताले नयाँ सरकार पाएर नयाँ तरिकाले देश हिँडाउन पाए जनताका आशा, आकांक्षामा न्याय हुन्थ्यो ।
– सोरभ बञ्जाडे, हेटौंडा ।

प्रतिक्रिया दिनुहोस्