दिपक मनाङेले १० दिनमै गुमाए मन्त्री पद



न्युज अफ नेपाल, पोखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएपछि १० पद दिपक मनाङेले मन्त्री पद गुमाएका छन् । मनाङे गत वैशाख १६ गते गण्डकीको युवा तथा खेलकुद मन्त्री नियुक्त भएका थिए ।

उनले मन्त्रीको सपथका क्रममा यो सरकार दुई हप्ता बढी नजाने बताएका थिए । यद्यपि आफूले सकेजति राम्रो काम गर्ने पनि नभनेका थिए । मन्त्री बनेको १० दिनमै मुख्यमन्त्री गुरुङले राजीनामा दिएपछि उनी पनि काम चलाउ भएका छन् ।

प्रतिक्रिया दिनुहोस्