पोखरामा कोरोनाबाट एकैदिन थप ११ जनाको मृत्यु



पोखरा ।

पोखरामा पछिल्लो २४ घण्टा भित्र थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनलाय, गण्डकीका अनुसारस्याङ्जाका २, पर्वत, म्याग्दी र रुपन्देहीका १र१ जना छन् । पोखरा ९ की ३१ वर्षीया संक्रमित महिलाको शनिबार राति मेडिप्लस अस्पताल पोखरामा निधन भएको हो । म्याग्दी मालिका गाउँपालिका ५ का ५८ वर्षीय संक्रमितको शुक्रबार बेलुका मृत्यु भएको हो । यी दुवै संक्रमितमा १८ वैशाखमा कोरोना देखिएको थियो ।

पोखरा १२ की ३५ वर्षीया संक्रमितको २५ गते शनिबार राति पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा निधन भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । पर्वतको कुश्मा घर भएका ४२ वर्षे पुरषको पनि सोही अस्पतालमा निधन भएको हो ।कास्की पोखरा महानगरपालिका १९ का ५८ वर्षीय संक्रमितको शनिबार दिउँसो मणिपाल अस्पतालमा मृत्यु भएको हो । पोखरा २७ का ५२ वर्षीय संक्रमित पुरुषको शनिबार बिहान गण्डकी मेडिकल कलेजमा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पोखरा २ की ५८ वर्षीया कोरोना संक्रमित महिलाको शुक्रबार बेलुका गण्डकी मेडिकल कलेजमा मृत्यु भएको हो । यी ३ जना संक्रमितमा २३ वैशाखमा कोरोना पुष्टि भएको थियो । स्याङ्जा गल्याङ नगरपालिका ३ की ६० वर्षीया कोरोना संक्रमित महिलाको शनिबार बिहान चरक मेमोरियल अस्पतालमा मृत्यु भएको छ । वालिङ नगरपालिका ३ का ४५ वर्षीय कोरोना संक्रमितको शनिबार दिउँसो पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।रुपन्देही सिद्धार्थनगर नगरपालिका ८ का ६० वर्षीय कोरोना संक्रमित पुरुषको शनिबार बेलुका गण्डकी मेडिकल कलेजमा निधन भएको हो । योसँगै प्रदेशभर कोरोनाका कारण मृत्यु हुनेको संख्या २ सय ६२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्