१०ओटा सिलिन्डर प्रहरीलाई बुझाइयो



काठमाडौं, (नेस)

कोरोना संक्रमणको दर तीव्र गतिमा बढ्न थालेपछि अस्पतालहरूमा अक्सिजनको अभाव हुन थालेको छ । सिधै पहुँच नभएका र गरिबका लागि सहजरूपमा अक्सिजन उपलब्ध हुन नसक्दा अकालमै ज्यान गुमाउने स्थिति काठमाडौं उपत्यकामा रहेको छ ।

यही समस्यालाई मध्यनजर गरेर समाजसेवी, सामाजिक अभियन्ता तथा पत्रकारको टोलीले अक्सिजन ग्यास सिलिन्डर खोजी गरी प्रहरीलाई बुझाएको छ । चक्रपथ सरसफाइका प्रमुख ताराबहादुर कुँवरको नेतृृत्वमा टोलीले कलंकी, स्युचाटार, बल्खु, सानेपालगायतका स्थानमा रहेका मोटर ग्यारेज तथा कवाडी पसलहरूमा पुगेर सिलिन्डर खोजी गरेको थियो ।

खोजी गर्ने क्रममा बल्खुस्थित लुम्बिनी मेटलमा ४ वटा भरी र ३ वटा खाली सिलिन्डर भेटिएका थिए । सँगै रहेको कवाडीमा ३ वटा खाली सिलिन्डर फेला परेका थिए । सबै १० वटै सिलिन्डर बल्खुस्थित प्रहरी बिटका प्रहरीलाई बुझाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्