सबै संक्रमितलाई हाइफ्लोमा अक्सिजन



हेटौंडा, (नेस)

हेटौंडा अस्पतालका आईसीयू र एचडीयू गरी ३५ वार्ड कोभिड संक्रमितले भरिएका छन् । सबै संक्रमितलाई हाइफ्लोमा अक्सिजन दिनुपरेको छ । हेटौंडाका सबै अक्सिजन डिलरबाट पाइने अक्सिजन सिलिन्डर सप्लायर्सबाट मात्र पुग्ने नभएपछि शुक्रबार राति बाराको परवानीपुरबाट अक्सिजनका ३२ सिलिन्डर ल्याइएको थियो ।

यही रफ्तारमा प्रयोग हुने हो भने हेटौंडा अस्पताललाई दैनिक झण्डै १ सय ६० ठूला अक्सिजन सिलिन्डर चाहिने हुन्छ ।’ अस्पताल व्यवस्थापन समिति सदस्य उत्सव चौलागाईंले भन्नुभयो । अस्पतालमा अक्सिजन उत्पादन उपकरण नभएका कारण हेटौंडा अस्पताललाई दिनहुँ अक्सिजन खोज्नुपर्ने बाध्यता छ ।‘हाम्रो आग्रहलाई जिल्ला प्रहरी कार्यालयबाट गाडी, प्रहरीको उपलब्धतासहित ढुवानीमा सहयोग गरिएकोमा छ’, उहाँले भन्नुभयो–अस्पतालभित्र अक्सिजन प्लान्ट छुट्टै सञ्चालमा आउँदै छ ।’ प्लान्ट निर्माणका लागि अस्पतालले वागमती प्रदेश सरकारसँग ३ करोड माग गरेको जानकारी दिँदै चौलागाईंले त्यतिञ्जेलसम्मका लागि बारा, पर्सा, नवलपरासी र चितवनलगायत छिमेकी जिल्लाबाट ल्याएर माग पूरा गरिने बताउनुभयो ।

पोजेटिभ देखिएकाको मृत्यु

एन्टिजेन परीक्षणबाट कोरोना पोजेटिभ देखिएका थाहा नगरपालिका–५ का एक संक्रमितको शनिबार बिहान मृत्यु भएको छ । मृतक ६५ वर्षीय पुरुष हुन् । प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा वैशाख २० गते गरिएको एन्टिजेन परीक्षणमा पोजेटिभ रिपोर्ट आएपछि उहाँ होम आइसोलेसनमा बस्नुभएको थियो । उहाँको स्वास्थ्य अवस्था कमजोर भएपछि शुक्रबार सैनिक अस्पताल छाउनी पु¥याइएकोमा शनिबार बिहान करिब ३ बजे मृत्यु भएको आफन्तले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्