रसुवामा कोरोना संक्रमितको संख्या १ सय ५६ पुग्यो



न्युज अफ नेपाल, रसुवा ।

रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या १ सय ५६ पुगेको छ । शनिबार २४ जना संक्रमित थपिसँगै सक्रिय कोरोना संक्रमितको संख्या १ सय ५६ पुगेको हो । कोरोनाको दोस्रो लहर सुरु भएसँगै जिल्लामा पनि कोरोना संक्रमित बढेका हुन् । स्वास्थ्य कार्यालय रसुवाका अनुसार गोसाइँकुण्डमा २४, कालिकामा ५९, उत्तरगयामा १५, नौकुण्डमा ४२, आमाछोदिङ्‍मोमा ११ र बाहिरी जिल्लाका ४ जना रहेका छन् ।

संक्रमितहरूमध्ये १२ जना संस्थागत र १ सय ४४ जना होम आइसोलेसनमा बसेका छन् । रसुवामा हालसम्म ३ सय ३७ जनामा कोरोना पुष्टि भएको थियो । जसमा १ सय ८८ जना निको भएका छन् । जिल्लामा हालसम्म २ हजार ६६ वटा स्वाव संकलन गरिएकोमा १ हजार ६ सय ६३ नेगेटिभ र ३ सय ३७ पोजेटिभ आएको थियो ।

प्रतिक्रिया दिनुहोस्