सांसद बस्नेतलाई कोरोना संक्रमण



न्युज अफ नेपाल, काठमाडौँ ।

नेकपा एमालेका सांसद महेश बस्नेतलाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका बस्नेत हाल होम आइसोलेसनमा छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ विश्वासको मत लिने भएपछि सबै सांसद तथा कर्मचारीहरुको कोरोना परीक्षण गरिएको थियो । जसमा बस्नेतसहित १४ जना सांसद तथा कर्मचारी गरी ६५ जनामा संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्