अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवार र अलोकतान्त्रिक : नेपाल



न्युज अफ नेपाल, काठमाडौँ ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले वर्तमान सरकार जनताप्रति गैरजिम्मेवार भएको आरोप लगाएका छन् ।

शनिबर बिहान सामाजिक सञ्जालमा ट्वीट गर्दै नेता नेपालले कोरोना महामारीले निम्त्याएको यो विषम् परिस्थितिमा पनि सरकार जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको साटो बलमिच्याई गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न तम्सिनु गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य रहेको बताएका छन् । उनले सरकार जनताप्रतिको आफ्नो मुख्य दायित्वबाट पन्छिन नमिल्ले जनाउँदै यस्ता नियुक्तिका प्रयासहरू तत्काल बन्द गर्न र जनताको जीवन रक्षामा ध्यान केन्द्रित गर्न आव्हान गरेका छन् ।

उनले लेखेका छन्, ‘कोरोना (कोभिड-१९) भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको साटो बलमिच्याइँ गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य हो । मुलुकमा उत्पन्न विषम परिस्थितिमा सरकार जनताप्रतिको आफ्नो मुख्य दायित्वबाट च्यूत हुन मिल्दैन ।अतस् गलत बाटोबाट गरिने यस्ता नियुक्ति प्रयासहरू तत्काल बन्द गर्न र जनताको जीवन रक्षामा ध्यान केन्द्रित गर्न आव्हान गर्दछु।’

प्रतिक्रिया दिनुहोस्