विवाह गरेको भन्दै जागिर छोड्न दबाब

एसओएस बालग्राम नेपालका कार्यकारी निर्देशकले गरे महिलाको मानवअधिकार हनन



न्युज अफ नेपाल, काठमाडौं ।

एक दशकभन्दा लामो समयदेखि एसओएस बालग्राम सुर्खेतमा अत्यन्त लगनका साथ ‘आमा’ पदमा रहेर काम गर्दै आएकी एक महिला कर्मचारीलाई सो संस्थाको लागि नेपालका कार्यकारी निर्देशकले ‘तिमीले विहे गर्‍यौ, त्यसैले जागिर खान पाउन्नौ’ भनेर दबाब दिएपछि यसको अन्तर्राष्ट्रिय कार्यालयसमेत दबाबमा परेको छ । एसओएस अन्तर्राष्ट्रिय कार्यालयका प्रमुख कार्यकारी निर्देशक इनग्रिड मारिया जोनासनले एक विज्ञप्ति प्रकाशित गर्दै भन्नुभएको छ, ‘पीडित प्रभावितलाई न्याय र दोषीलाई कारबाही नगरी म निदाउने छैन ।’

जोनासनले अमानवीय व्यवहारका विषयमा छानबिनका लागि तत्कालै एक स्वतन्त्र विज्ञको अगुवाइमा छानबिन समिति बनाउने र यही मे महिनाभित्र कारबाही गर्ने घोषणा पनि गर्नुभएको छ । ‘हामी साना बालबालिकाको सुरक्षा र समृद्धिका लागि समर्पित छौं, तर हामीमध्येकै कसैले उनीहरुको अधिकार हनन गरेको सूचनाले मलाई गम्भीर चिन्तामा पारेको छ,’ उहाँले एसओएसको अन्तर्राष्ट्रिय कार्यालयका तर्फबाट पीडित प्रभावितसँग माफी पनि माग्नुभएको छ ।

‘मैले समयमै दोषी पहिचान गरेर कारबाही चलाउन नसकेकोमा पनि क्षमा माग्नैपर्छ, बालबालिकाले वयस्कबाट जुन व्यवहार र विश्वास चाहेका थिए, त्यो सम्मान हामीले गुमायौं, यसमा मलाई खेद छ’ जोनासनले अब दोषीलाई कारबाही गरेर र यस प्रकारका गलत व्यवहार दोहोरिन नदिएर पीडितको घाउमा मलम लगाउने काममा कुनै कसर बाँकी नराख्ने पनि प्रतिवद्धता जनाउनुभएको छ ।
विवाह गरे जागिर जाने !

कोरोनाका कारण सरकारले भिडभाड गर्न सतर्क गराई रहेकै बेला कार्यकारी निर्देशक ईश्वरीप्रसाद शर्मा भने करिब एक महिनाअघि एसओएस बालग्राम सुर्खेतका बालबालिका र कर्मचारीहरुसँग होली मनाउनकै लागि काठमाण्डौंबाट प्लेन चढेर श्रीमतीसहित एसओएस बालग्राम सुर्खेत पुग्नुभयो । होलीमा रमेका शर्मा र एसओएस बालग्राम सुर्खेतका बालग्राम निर्देशक मुकुन्दकुमार गिरीले बालग्रामकै आमाको रुपमा कार्यरत यशोधा महतमाथि गालीगलौज र मानसिक आघात हुने असामान्य व्यवहार गरे ।

‘आमा’ महतलाई रातको समयमा आफ्नो कार्यकक्षमा बोलाएर शर्मा र गिरीले मानसिक पीडा दिए, विवाह नगरेकी महतलाई ‘तिमीले विवाह गरिछ्यौ, अब जागिर खान पाउन्नौ, राजीनामा देऊ’ भनेर दबाब दिए । शर्मा र गिरीले महतले एसओएसकै एक कर्मचारीसँग बिबाह गरेको आरोप लगाउँदै राजीनामा नदिए जागिरबाट बर्खास्त गर्ने धम्की दिएका थिए । तर पीडित महतले आफूलाई परेको अन्यायविरुद्ध आवश्यकता परे अदालत, महिला आयोग र अन्य अधिकारवादी संघ–संस्थामा समेत उजुरी गर्ने भन्दै एसओएसको अन्तर्राष्ट्रिय कार्यालयलाई स्वच्छ सुनुवाइको अपिल गर्दै निवेदन गर्नुभयो ।

महतले उजुरीमा आफू अविवाहित रहेको र निकट भविष्यमा समेत आफ्नो विबाह गर्ने कुनै योजना नरहेको भन्दै आफूलाई आफ्ना अभिभावक सरहका सरहरुले हुदै नभएको आरोप लगाएर चरित्र हत्या गर्ने शब्द प्रयोग गरेको जसका कारण आफू मानसिक रुपमा अत्यन्तै विक्षिप्त भएको कुरा उल्लेख गर्नुभएको छ । यध्यपी नेपालको कानुनले बिबाहलाई ब्यक्तिको स्वैछिक तथा नैसर्गिक अधिकार मानेको छ । मुलुकी देवानी संहिता २०७४ को दफा ६८ले बिबाहलाई अनतिक्रम्य सामाजिक बन्धन मानेको छ । साथै सोहि ऐनको दफा ६९ले प्रत्येक ब्यक्तिलाई कानुनको अधिनमा रहि बिबाह गर्ने, परिबार कायम गर्ने तथा परिबारिक जीवन यापन गर्ने स्वतन्त्रता हुनेछ भनि स्पष्ट ब्यबस्था समेत गरेको छ ।

नेपालमा एसओएस

आजभन्दा ठिक ४८ वर्षअघि तत्कालीन राजदरबारको अग्रसरतामा भक्तपुरको सानोठिमीमा स्थापना भएको एसओएस बालग्राम बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय गैरसरकारी संस्था मध्येको एक हो । संसार भरिका एक सय ३७ भन्दा बढी देशहरुमा फैलिएको यो संस्था नेपालमै पनि १० ठाउँमा सञ्चालित छ । अन्तर्राष्ट्रिय दाताहरुबाट संकलित दानबाट चल्ने यस संस्थामा हजारौं बालबालिका आवासीय सुविधाका साथ शिक्षा हासिल गर्दछन् । कर्मचारी मात्र नेपालमा स्थायी र अस्थायी गरी करिब ७ सयको संख्यामा कार्यरत छन् ।

पछिल्लो समय एसओएस नेपाल भ्रष्ट नेतृत्वका कारण बद्नाम बनेको गुनासो बाहिर आएको छ । दाताहरुबाट प्राप्त भएको अनुदानको सही सदुपयोग नगर्ने र लक्षित वर्गसम्म सहयोग नपुग्ने आरोप लाग्नेगरेको छ । ‘बाहिरबाट हेर्दा संस्था जति व्यवस्थित देखिन्छ भित्र संस्थामा गनेरै नसकिने विकृति छन्’ ६ वर्षदेखि त्यहाँ कार्यरत एक अधिकृत स्तरका कर्मचारीले न्युज अफ नेपाललार्य बताए ।
नेतृत्वबाटै महिला हिंसा

एसओएस बालग्राम अन्तर्राष्ट्रिय बालबालिका बिरुद्ध हुने सबै प्रकारका हिंसा तथा यसका कर्मचारीहरुको मानब अधिकार हननविरुद्ध अत्यन्तै गम्भीर छ । यद्यपि नेपालको सन्दर्भ र नियती भने एसओएस अन्तराष्ट्रियको निती तथा निर्देशन भन्दा फरक पाइएको छ । बालबालिकाको क्षेत्रमा कार्यरत एसओएस बालग्राम नेपालका राष्ट्रिय निर्देशक ईश्वरीप्रसाद शर्माविरुद्ध एसओएसको तल्लो तहका पीडित कर्मचारीहरु एकजुट भएका छन् ।

एसओएस बालग्राम अन्तराष्ट्रिय बालबालिका तथा महिला हिंसा उजुरीको बिषयमा निकै नै गम्भिर हुने कुरा एसओएस बालग्राम नेपालको संचालक समितीमा रहेर कार्य गरिसकेका एकजना पुर्ब पदाधिकारी बताउछन् । स्मरणिय रहोसः यस अगाडिका एसओएस बालग्राम नेपालका एक जना राष्ट्रिय निर्देशक समेत एसओएस बालग्राममा हुर्किएकी एक छोरीमाथि यौन हिंसाको आरोप लागेकै कारण निलम्बनमा परेका थिए ।

संस्थाको आन्तरिक संयन्त्रमा पटक–पटक जानकारी गराउँदासमेत र उजुरी गरेको महिना दिन बित्ता समेत आफूलाई न्याय दिनुको साटो बिभिन्न माध्यमबाट आफू र आफ्ना परिबारका सदस्यहरुलाई राष्ट्रिय निर्देशक शर्मा र बालग्राम निर्देशक गिरीले धाक–धम्की, प्रलोभन, अनुचित प्रभाब पारेकोले आफू अत्यन्तै मर्माहत भएको कुरा पीडित महिलाले उल्लेख गरेकी छन् ।

किशोरमाथि मुकुन्दको मुक्का

बालग्रामको नियम अनुसार बालग्राममा भर्ना भएका बालबालिकाहरु बालग्रामका छोरा छोरी सरह हुर्किन्छन । उनीहरु प्रबेशिका परिक्षा उतिर्ण गरे पश्चात बालग्रामकै सहायक परियोजना युवाग्राममा स्थानान्तरण गरिन्छन् । यसै बीच दुई बर्ष अगाडि एसओएस बालग्राम सुर्खेतमा सामान्य बाल बिझ्याई गरेकै भरमा बालग्रामको घर नं. ८का कलम धामि (१५ वर्ष) लाई बालग्रामका निर्देशक मुकुन्दकुमार गिरीले बालग्रामबाट जबरजस्ति निस्कासन गरेको गुनासो न्युज अफ नेपाललाई प्राप्त भएको छ ।

बालग्राम निर्देशकलाई बालग्रामका सम्पूर्ण बालबालिकाका बुवाको रुपमा चित्रण गर्ने गरिन्छ । दुवै बुवा आमाको निधनपश्चात बालग्राममा आएका कलमले बालग्रामका अभिभाबकले समेत अपहेलना गरेपश्चात उक्त घटना सहन नसकेर माघि मनाउन बालग्राममा आएकै बेलामा बालग्रामको गेष्टहाउसमा आत्महत्याको बाटो रोजेका थिए ।

बाल अधिकारको संरक्षणको बिषयमा अत्यन्तै सम्बेदनशिल मानिने संस्थाभित्रै यस्तो घटना घटे पश्चात केहि दिन बालकका आफन्तले घटनाको स्बतन्त्र छानबिन हुनुपर्ने माग राखेर बालकको शब बुझ्न इन्कार गरेका थिए । एसओएस बालग्राम नेपालका राष्ट्रिय निर्देशक शर्माका निकट मानिने बालग्राम निर्देशक मुकुन्द गिरिलाई सो घटनाबाट जोगाउन शर्माले हदै सम्मको हतकण्डा गरेको कुरा सुर्खेत बालग्राममा कार्यरत एक कर्मचारी नाम नबताउने शर्तमा बताउँछन् ।

एसओएस बालग्रामको प्रतिक्रिया : 

प्रतिक्रिया दिनुहोस्