काठमाडौंमा मात्र थप ३०८९ जनामा कोरोना संक्रमण पुष्टि, १ लाख ३९ हजार ५५६ कूल संक्रमित



न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४१०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज ३०८९ काठमाडौँका, ३७४ भक्तपुरका र ६४३ ललितपुरका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै काठमाडौँमा २५ हजार ९४० जना सक्रिय संक्रमित छन्। यससँगै काठमाडौँमा कोरोना संक्रमितको कुल संख्या १ लाख ३९ हजार ५५६ पुगेको छ। यस्तै भक्तपुरमा ३ हजार २५२ जना सक्रिय संक्रमित छन् ।

यससँगै भक्तपुरमा कोरोना संक्रमितको कुल संख्या १३ हजार २४५ पुगेको छ । यस्तै ललितपुरमा ५ हजार ४२९ सक्रिय संक्रमित छन् । योसँगै ललितपुरमा सक्रिय संक्रमितको संख्या २३ हजार २ सय ९६ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना ९१९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ५० जनाको मृत्‍यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्