ललिता निवास प्रकरण : दीप बस्न्यातलाई ५ लाख धरौटीमा छाड्न सर्वोच्चको आदेश



विकास भट्टराई, काठमाडौं ।

ललिता निवास प्रकरणमा भ्रष्टाचार गरेको भनी थुनामा रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख दीप बस्न्यातलाई पाँच लाख रुपैयाँ धरौटीमा छाड्न सर्वोच्च अदालतले शुक्रबार आदेश दिएको छ ।

न्यायाधीसहरु इश्वरप्रसाद खतिवडा र डा. आनन्द मोहन भट्टराईको संयुक्त इजलासले बस्न्यातलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो । बस्न्यातको परिवारलाई कोरोना संक्रमण भएको र उनी ६९ बर्ष भई बृद्ध अवस्थामा रहेकाले रिहा गर्नुपरेको सर्वोच्चको आदेशमा उल्लेखमा छ । सोही प्रकरणका अर्का अभियुक्त शोभाकान्त ढकाललाई रिहा गर्ने सम्बन्धमा दुई न्यायाधीशबीच राय बाझिएको छ ।

प्रतिक्रिया दिनुहोस्