प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक



न्युज अफ नेपाल, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । आइतबारका लागि बोलाइएको बैठकमा रिक्त रहेका संवैधानिक आयोगहरुमा पदाधिकारी सिफारिस गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ ।

हाल लोकसेवा आयोगमा अध्यक्षसहित सबै पदाधिकारी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २ पदाधिकारी र निर्वाचन आयोगमा एक पदाधिकारी रिक्त छ ।

प्रतिक्रिया दिनुहोस्