बर्षौ पहिलेको त्यो भविष्यवाणी : ‘एलाेनले मंगल ग्रहमा मानिस लैजाने छन्’



वर्लिन, (एजेन्सी)

निजी अन्तरिक्ष अन्वेषण कम्पनी स्पेश एक्सका सह– संस्थापक तथा कार्यकारिणी अधिकारी एलोन मस्कले गत अक्टोवरमा आफ्नो कम्पनीले आगामी सन् २०२४ मा मानव सहितको अन्तरिक्ष यान मंगलग्रहमा पठाउने आशा राखेको घोषणा गरेका थिए । लामो समयदेखि यो रातो ग्रह मस्कको सपनाको एक भाग रहँदै आएको थियो । उनले पृथ्वीका मानव जगतको उद्धार र रक्षाका लागि नै अन्तरिक्षमा बसाई सार्ने प्रविधिको आवश्यकता रहेको वकालत गर्ने गरेका छन् । स्पेशएक्सका सिइओ मस्कले एकपटक त निकै भावावेशमा मृत्युपछि आफूलाई मंगल ग्रहमै समाधिष्ठ गरियोस् भनेर इच्छा समेत प्रकट गरेका थिए ।पचासको दशकको उत्तरार्धतिर नै मस्कको यस महत्वकाँक्षाबारे भविष्यवाणी भइसकेको भन्ने तथ्य भने अदभुत र अनौंठो रहेको छ । गत वर्षको उत्तरार्धमा सिरियल निर्माण व्यवसायी टवि लिले ट्विट गर्दै भनेका थिए , भाग्य, भाग्य । निधारमा लेखिएका भोगबाट म उम्किन सक्तिनँ ।

भाग्यकै कुरा गर्ने हो भने के तपाईंलाइ थाहा छ, सन् १९५३ मा भोन ब्यारुनको पुस्तक, मार्स प्रोजेक्ट’ मा एलोन नामक त्यही व्यक्तिले मानिसलाई मंगल ग्रहमा पु-याउने भविष्यवाणी गरिएको छ ? ’ लिले त्यसपछि लेखेका थिए , रमाइलो ठट्टा  लिले जर्मन– अमेरिकी रकेट भौतिकशास्त्री, एस्ट्रोनटिकल इन्जिनियर तथा अन्तरिक्ष वास्तुविद वर्नहर भोन ब्यारुनको पूस्तक मार्स प्रोजेक्टस् अ टेकि्नकल टेल ( डास मार्स प्रोजेक्ट ) लाई इँगित गरेका हुन् । दोश्रो विश्व युद्धको अन्त्यतिर एडोल्फ हिटरलरको नाजी जर्मनीको भि–२ रकेट बनाउने महत्वपूर्ण बैज्ञानिकहरु मध्ये ब्यारुन पनि एक थिए ।

युद्धपश्चात् उनले अमेरिकामा बसाईं सरेका थिए । उनले अमेरिकामा अन्तरिक्ष अन्वेषण एजेन्डा र अन्तत: अमेरिकी राष्ट्रिय अन्तरिक्ष निकाय (नासा) मा अहम योगदान दिएका थिए । भोनले आफ्नो साइन्स – फिक्सन पुस्तकमा शितयुद्धको मध्यतिर मंगल ग्रहको संभावित यात्राबारे उल्लेख गर्दै मंगलग्रहमा मानव वस्ती बसाउने नेतृत्व ‘एलोन ’ नामक व्यक्तिले गर्ने भविष्यवाणी गरेका थिए । यद्यपि गत वर्ष नै एकजना अर्को व्यक्तिले ट्विटर मार्फत नै ब्यारोनले आफ्नो पुस्तकमा उल्लेख गरेको ‘एलोन’ व्यक्तिको नाम नभई एउटा कुनै उपाधि भएको समेत दावी गरेका थिए ।

त्यसकारण ब्यारोनको उपन्यासको पात्र र स्पेशएक्सका संस्थापक एलोनबिचको प्रसंग संयोक मात्र हुनसक्ने संभावना पनि छन् । तर संयोगै मात्र भएपनि लामो कालान्तरपछि पुस्तकमा उल्लेखित कुनै नामकै व्यक्तिले आफुलाई मंगल ग्रहको सम्राट घोषणा गर्नु कम अनौठो र रोचक छैन भन्न मिल्दैन ।

प्रतिक्रिया दिनुहोस्