बालबालिकालाई पनि फाइजर खोप शुरू



टोरोन्टो, (एजेन्सी)

क्यानाडाले १२ देखि १५ वर्ष उमेर समूहका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको फाइजर खोप लगाउन अनुमति प्रदान गरेको छ । यस उमेर समूहलाई कोरानोको खोप दिने निर्णय गर्ने क्यानाडा विश्वकै पहिलो मुलुक भएको छ । सो उमेर समूहका बालबालिकामाथि गरिएको तेश्रो चरणको चिकित्सकीय परीक्षणको तथ्यांकको आधारमा क्यानाडाको स्वास्थ्य मन्त्रालयले यो निर्णय लिएको हो ।

मन्त्रालयमा कार्यरत एकजना स्वास्थ्य सल्लाहकारले सो उमेर समूहमा गरिएको परीक्षणबाट खोप प्रभावकारी र सुरक्षित भएको प्रमाणित भएको बताएका छन् । फाइजर कम्पनीले पनि यस उमेर समूहका लागि खोप राम्रो भएको दाबी गरेको छ ।क्यानाडाले यसअघि नै १६ वर्ष उमेर माथिकालाई फाइजर खोप दिन शुरू गरिसकेको छ ।

क्यानाडामा अहिलेसम्म १२ लाखभन्दा बढी कोरोना भाइरस संक्रमित फेला परिसकेका छन् । तीमध्ये अन्दाजी २० प्रतिशत १९ वर्ष उमेर मुनिका किशोर तथा बालबालिका रहेको सरकारी श्रोतले जनाएको छ ।मोडर्ना र फाइजरले ६ महिनादेखि ११ वर्ष उमेर समूहमाथि पनि खोप परीक्षण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्