राष्ट्रपति डुटेर्टेद्वारा चिनियाँ खोप फिर्ता



मनिला, (एजेन्सी)

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले राजधानी मनिलास्थित चिनियाँ दूतावासलाई चन्दा सहयोगस्वरूप दिइएको कोभिड–१९ विरुद्धको एक हजार थान साइनोफार्म खोप फिर्ता लान अनुरोध गरेका छन् । अनुमोदित नै भइनसकेको खोप लिएको भनि आफ्नो सबैतिरबाट व्यापक आलोचना हुन थालेपछि डुटेर्टेले यो कदम चालेका हुन् ।

यसैबीच, उनले भविष्यमा पनि चीनले अर्को चिनियाँ खोप साइनोभ्याक मात्र पठाउन आग्रह गरेका छन् । यो खोप फिलिपिन्समा आधिकारिकरुपमा प्रयोग भइरहेको छ । तर, साइनोफार्मलाई अहिलेसम्म पनि फिलिपिन्समा वैधानिकता दिइएको छैन । यसैसाता साइनोफार्म र साइनोभ्याकले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) बाट वैधानिकता पाउने अनुमान गरिएको छ ।
डुटेर्टेले यदि केही तलमाथि भएको खण्डमा क्षतिपूर्ति पाउने शर्तमा र डाक्टरहरूको सल्लाहमा मात्र आफूले साइनोफार्म खोप लिएको खुलासा गरेका छन् । स्थानीय सञ्चार माध्यमलाई उनले भनेका छन् – ‘मेरो पथ नपछ्याउन आग्रह गर्दछु । यसमा खतरा छ, किनभने यसको प्रयोग परिणामबारे पूरा अध्ययन भइसकेको छैन ।

यो शरीरका लागि लाभदायक नहुन पनि सकछ । यो खोप लिने म मात्र एकल व्यक्ति बन्न दिनुहोस् । यो डब्ल्युएचओबाट अनुमोदित नभइसकेकाले यसबाट थुप्रै डरलाग्दा साइड इफेक्ट हुन पनि सक्छ । मलाई खोप लिएकोमा आलोचना गर्नेहरू सही छन् । मलाई माफ गर्नुहोस् ।’यी दुवै खोप मारिएका भाइरस तŒवहरू प्रयोग गरेर बनाइएका हुन् । यसको प्रयोग गर्दा कुनै पनि गम्भीर रोगलाई प्रतिक्रिया नगरिकन भाइरसविरुद्ध मानव शरिरमा प्रतिरोध क्षमता विकास गर्ने अनुमान गरिएको छ । फिलिपिन्समा एस्ट्राजेनेका र साइनोभ्याक खोप अग्रपंक्तिमा सेवारत स्वास्थ्यकर्मी र जोखिम स्वास्थ्य स्थिति भएकाहरूलाई दिइएका छन् ।

प्रतिक्रिया दिनुहोस्