राष्ट्रिय सभा उपनिर्वाचनको लागि आज मनोनयन दर्ता हुँदै



न्युज अफ नेपाल ,काठमाडौं ।

बागमती प्रदेशमा जेठ ६ गते हुने राष्ट्रिय सभा सदस्य उपचुनावको लागि आज उम्मेदवारको मनोनयन हुँदैछ । हेटौंडास्थित निर्वाचन आयोगको कार्यालयमा आज बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म उम्मेदवारी मनोनयनको लागि समय समय तोकिएको निर्वाचन आयोगले बताएको छ ।

नेकपा(माओवादी केन्द्र) परित्याग गरि नेकपा(एमाले) प्रवेश गरेका रामबहादुर थापा बादललाई माओवादी केन्द्रले कारबाही गरेपछि बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्य पद रिक्त छ । नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र) र नेकपा(एमाले)को माधव नेपाल पक्षधरले संघियता विज्ञ डा. खिमलाल देवकोटालाई संयुक्त उम्मेदवार बनाएको छन् ।

 

प्रतिक्रिया दिनुहोस्