परिवारको खुशीमा तपाईंको योगदान



प्रेम रावत

परिवारमा कुनै समस्या भयो भने उक्त समस्यालाई हल गर्नका लागि हामी के गर्छौँ ? यदि हामी स्वयम् नै समस्याबाट दुःखी भयौँ भने आफ्नो परिवारलाई ती समस्याबाट कसरी जोगाउन सक्छौँ ! निभेको दियोले कहिल्यै पनि अर्को दियोलाई बाल्न सक्दैन अनि यसो भन्दा अत्युक्ति नहोला पनि । केवल बलेको दियोले नै अर्को दियोलाई बाल्न सक्छ । यसकारण म बलिरहेको छु कि छैन भन्ने कुराले बढी महत्त्व राख्छ । जुन दियो मेरो हृदयमा छ त्यो बलिरहेको छ या छैन ? यदि त्यो निभेको छ भने म यो दुःखलाई हटाउन सक्दिन ।

मानिसहरू भन्ने गर्छन्– मलाई यो गर्नु छ, मलाई त्यो गर्नु छ तर यो सबैथोक हामी कसका लागि गर्छौँ ? आफ्नो परिवारका लागि गरिरहेका छौँ, जसलाई हामी प्रेम गर्छौँ । तथापि, प्रेम पनि एउटा यस्तो कुरा हो जसलाई हामी बिर्सन्छौँ । आफ्नो जिम्मेवारीका कारण यी सबै कुरा किन गरिरहेका छौँ भन्ने वास्तविकतालाई हामी बिर्सन्छौँ । हामी यसकारण यो गरिरहेका छौँ किनभने हामीमा आफ्नो परिवारप्रति प्रेमभाव छ । यस कुरालाई अघि राख्नुपर्छ भन्ने विषयलाई नभुल्नुहोस् ।यदि तपाईँले बिस्तारै–बिस्तारै यो कुरालाई अघि सार्नुभयो भने तपाईँका परिवारका सदस्यले पनि यस भावनामा साथ दिन थाल्छन् । बिस्तारै–बिस्तारै के हुन सक्छ भने उनीहरूले पनि तपाईँलाई सहयोग गर्न थाल्नेछन् । किनभने, उनीहरूलाई पनि ‘तपाईँलाई कति प्रेम गर्छु’ भन्ने कुरा थाहा छ । यो हाम्रो प्रकृति हो, किनभने हामी मानिस हौँ । यदि हामीलाई कसैसँग प्रेम गरेको महसुस भयो भने त्यसका लागि हामी जस्तोसुकै काम गर्न पनि तयार हुन्छौँ । यदि उनलाई तपाईँ प्रेम गर्नुहुन्छ भन्ने कुरा महसुस भयो र उनी पनि तपाईँलाई प्रेम गर्न चाहन्छन् भने उनी तपाईँलाई मद्दत गर्न अग्रसर हुन्छन् । यो जुन जीवनरूपी चक्का छ, यो जुन परिवाररूपी पाङ्ग्रो छ यसलाई चलाउनका लागि एउटा मात्रै तार पर्याप्त हुँदैन । त्यसभित्र धेरै तारहरू हुन्छन् जसले एकैसाथ चल्नुपर्ने हुन्छ । मानिसहरू यही कुरालाई बिर्सन्छन् ।

परिवारको खुशीका लागि तपाईँको योगदान के रहन्छ ! परिवार एउटा चेन (साङ्लो) जस्तै हो । जस्तो साइकलको चेन हुन्छ नि ! त्यसमा स–साना जोर्नीहरू हुन्छन् । यदि त्यसमा सयवटा जोर्नी छन् अनि त्यसमध्ये एउटालाई मात्रै निकालियो भने त्यहाँ ९९ ओटा रहे पनि त्यो चेन चेनको रूपमा रहँदैन । किनभने, त्यसको बन्धन टुट्छ । सबैभन्दा पहिला तपाईँलाई थाहा हुनुपर्ने कुरा के छ भने परिवारको खुशीका लागि तपाईँको कस्तो योगदान रहन्छ ।परिवार एउटा यस्तो सम्बन्ध हो, यदि परिवारका सदस्य भोका छन् र तपाईँ साथमा हुनुहुन्छ अनि एक–आपसमा प्रेम छ भने त्यो भोको भएको कुरा पनि पाच्य हुन्छ । पानी परिरहँदा छेक्ने छानो छैन भने पनि परिवारमा तपाईँहरू सबै साथमा हुनुहुँदा काम चल्छ । परिवार भन्ने कुरा नै यस्तो हो । तपाईँ आपूmले आफ्नो परिवारमा कस्तो योगदान पु¥याइरहनुभएको छ त ! के तपाईँ उनीहरूको समस्याका निवारक बन्नुभयो ? तपाईँ अहिले पनि त्यो परिवारको एउटा अंश हुनुहुन्छ, जसले परिवारमा आनन्द, खुशी, सुख अनि सन्तुष्टि ल्याउन सक्छ ।कतिपय मानिसहरूको परिवारमा यस्तो पनि हुने गर्दछ । आजभन्दा तीन वर्षपहिला एकजनाले मलाई यो कुरा सोध्नुभएको थियो– मेरो परिवारमा आपसमा ठाकठुक परिरहन्छ । कुरा काट्ने काम भइरहन्छ, यो सबै कुरा भइरहन्छ ।
मैले उहाँसँग सोधेँ– ‘त्यस्तो परिस्थिति आउनुमा तपाईँ कत्तिको जिम्मेवार हुनुहुन्छ ?’पहिला त उहाँलाई लाग्यो ‘म त्यसका लागि किन जिम्मेवार हुनु र !’ त्यसपछि उहाँले मैले के भनिरहेको छु भनेर बुझ्नुभयो अनि उहाँ पनि त्यसका लागि जिम्मेवार हुनुहुन्छ भन्ने कुरा बोध भयो ।

तपाईँ थकित भएर आफ्नो जागिरपछि घर आउनुहुन्छ । अनि, तपाईँलाई के हुन्छ भने अलिकति भए पनि आराम मिलोस् । घर आइपुगेपछि कतिपटक के भइदिन्छ भने छोराछोरीहरूले आ–आफ्ना माग लिएर आउँछन् ।यो एकै दिनमा बदलिने कुरा होइन । यस्तो अवस्था त तपाईँले नै सृजना गर्नुभएको हो, किनभने पहिला उनीहरू सानै थिए तर बिस्तारै–बिस्तारै बढ्दै गइरहेका छन् ।यस्तो अवस्थालाई पनि तपाईँले नै के भन्दै बदल्न सक्नुहुन्छ भने, ‘आऊ ! बस ! एकछिन् कुरा गरौँ ! एकछिन्को कुरा ! मागका लामा सूची लिएर होइन !’परिवार एउटा यस्तो सम्बन्ध हो, ती परिवारका सदस्यमा एक–आपसमा प्रेमपूर्वक, शान्तिपूर्वक बस्न सक्ने क्षमता पनि हुन्छ । परिवार किन विभक्त हुन्छ ! मानिसहरू एक–अर्काको खराबी हेर्न थाल्छन् । एक–अर्कामा भएको राम्रोपनलाई चाहिँ हेर्दैनन् । परिवारमा एक–अर्कासँग मिलेर, साथमा बसेर, दुईवटा कुरा गर्न माानिसहरू किन कन्जुस्याइँ गर्छन् । मानिसहरूलाई किन कसैलाई केही भन्यो भने उनीहरूले नराम्रो सोच्लान् भन्ने डर रहन्छ !हामीले आफ्नो परिवारको जगलाई नै बलियो बनाउनु आवश्यक छ । मानिसहरू साथीभाइलाई मन पराउँछन्– मेरा साथीभाइ होऊन् । किनभने, साथीले दुईवटा काम गर्नुहुन्छ । पहिलो त, साथीले तपाईँको कुरा सुन्न तयार हुनुुहुन्छ अनि दोस्रो, तपाईँका साथी तपाईँलाई स्वीकार गर्न तयार हुनुहुन्छ । तपाईँ जस्तो हुनुभए पनि तपाईँलाई स्वीकार गर्न तयार हुनुहुन्छ । यिनै दुईवटा कुरा हरेक मानिसलाई राम्रो लाग्छ । यसकारण मानिसहरू साथी बनाउन चाहन्छन् । यो साथीत्व के आफ्नो परिवारका सदस्यका साथमा हुन सक्दैन र ! परिवारका सदस्यले एक–अर्कालाई स्वीकार गरून् । उनीहरू जस्तो भए पनि तिनलाई स्वीकार गरून् । यस्तो होइन, ‘तिमी यस्तो छौ, तिमी उस्तो छौ !’ होइन ।

मानिसले यस्तो गर्न सक्छ तर उसले के सोच्छ भने यदि मैले यस्तो गर्न थालेँ भने परिवारका सदस्यले प्रगति कसरी गर्ला ! तथापि, यस्तो हुँदैन । यदि परिवारले यस्तो गर्न थाले भने परिवारको उन्नति हुनेछ । परिवारको सदस्यको उन्नति भयो भने त सबैको उन्नति हुनेछ ।
यी साना–साना कुरालाई कहिलेकाहीँ हामी बिर्सन्छौँ । हामी त कस्ता कुरालाई समेत बिर्सन्छौँ भने यो श्वासको आउनु जानु नै हामीमाथि सृष्टिकर्ताको कृपा हो । हामी त यस कुरालाई पनि बिर्सन्छौँ कि यो जुन हाम्रो सानो परिवार छ जस्तो परिवार भए पनि यो हाम्रो हो । हामी यसको सदस्य हौँ । यदि हामी सबै सदस्यहरूले एकजुट भएर आपसमा सहयोग ग¥यौँ भने यो परिवार सबल बन्नेछ, सक्षम बन्नेछ ।
हामी यो परिवारलाई बुझौँ, किनकि हामी जीवित छौँ । हामीलाई अहिले यो मौका प्राप्त भएको छ । यदि यस अवसरमा हामीले राम्रोपनलाई बाँड्न चाह्यौँ भने सबैभन्दा पहिला ती व्यक्तिहरूमाझ अर्थात् हाम्रो परिवारका सदस्यहरूमाझ बाँडौँ । उनीहरूलाई हामी बाँड्न सक्छौँ, किनभने उनीहरू नै सबैभन्दा पहिलो प्राथमिकता हो । तर, हामी त त्यहाँ बाँड्छौँ जसलाई हामी राम्रोसँग चिन्न पनि चिन्दैनौँ । उनीहरूका अघि हामी आफ्नो राम्रोपन, आफ्नो नम्रता, आफ्नो प्रेमलाई बाँड्न तयार हुन्छौँ जसलाई हामी चिन्दैनौँ पनि । तर आफ्नै परिवारमा यी कुरालाई बाँड्दैनौँ । यसरी राम्रो हुँदैन ।

एक–अर्काको आशालाई पूरा गर्ने कुरा होइन । किनभने, मानिसको काम जिन बन्ने होइन । यो कथामा परिवारका सदस्यले एक–अर्कालाई सहयोग गर्ने काम हुनुपर्छ । त्यो भन्दा पनि पहिला एक–अर्काको साथी बन्नुहोस् । त्यस्तो मित्रता चिरकालसम्म टिकिरहन्छ अनि रहिरहन्छ ।आफ्नो परिवारलाई सक्षम बनाउनुहोस् । किनभने, भूकम्प त आउँछ नै । आँधीबेहरी पनि आउँछ नै । यदि आयो भने परिवार नै यस्तो स्थान हो जसको आडमा तपाईँलाई सम्हालिने शक्ति प्राप्त हुन्छ । यो अत्यन्तै महत्त्वपूर्ण कुरा हो अनि दुःखको कुराचाहिँ के हो भने परिवारमा यस्तो भइदिँदैन, जुन हुनुपथ्र्यो । यस्तो हुन सक्छ । यो कुरा सम्भव छ ।

(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलित एवं प्रस्तुतीकरण: डा. प्रेमराज ढुङ्गेल ।)

प्रतिक्रिया दिनुहोस्