नाफा मात्र होइन, उपभोक्ताको हित सोच्नुहोस्



व्यापार, व्यवसाय, औद्योगिक क्षेत्रमा सफलता हासिल गर्नका लागि विभिन्न तरिकाहरू अपनाउन सकिन्छ । हामी कुनै पनि काम गर्नका लागि उपयुक्त अवसर खोजिरहेका हुन्छौं । तर, कुनै पनि काम गर्नका लागि वा कुनै पनि उत्पादन पस्कनका लागि जहिले पनि अवसरले पर्खिरहेको हुन्छ । बजारमा अरू उत्पादनसँग गुणस्तरमा त प्रतिस्पर्धा गर्नुपर्छ नै, मूल्यसँग पनि ।

यदि सोही गुणस्तरको, सोही मात्राका कुनै पनि उत्पादन सस्तो मूल्यमा उपलब्ध हुन्छ भने उपभोक्ताले तपाईंको सामग्री नै खोज्नेछन् । किनभने उपभोक्ताको लागि मूल्यको पनि महत्व हुन्छ । ठूला कम्पनीले आफ्नो उत्पादन बजारमा उतारेसँगै विज्ञापनमा अधिक खर्च गर्छ । पेपर एड, ब्रोड्कास्ट एडदेखि होर्डिङ बोर्ड राख्नमा समेत लाखौं, करोडौं खर्च गर्छन् ।हामीलाई थाहा भएकै हो, उक्त खर्च उपभोक्ताको खल्तीबाटै पूर्ति गरिने हो । यसका लागि आफ्नो उत्पादनको मूल्यमा नै पब्लिसिटी खर्च पनि जोडिएको हुन्छ । तर, तपाईंले आफ्नो सामग्रीका लागि अनावश्यक विज्ञापन गर्नुभएन भने व्यायभार बढ्दैन । फलतः उचित मूल्यमा आफ्नो उत्पादन उपभोक्तामाझ पु¥याउन सकिन्छ ।तपाईंले विज्ञापन गर्नु वा मेरो उत्पादन राम्रो छ भन्दै हिँड्नुपर्दैन । तर, यसका लागि तपाईंको उत्पादन गुणस्तरीय हुनुपर्छ । यदि त्यसो भयो भने उक्त उत्पादनको गुणस्तर स्वयंले आफ्नो प्रचार गर्छ । कुनै पनि उत्पादन गुणस्तरीय छ र मूल्य पनि तुलनात्मकरूपमा सस्तो छ भने त्यसलाई उपभोक्ताले खोजेरै खरिद गर्छन्, विज्ञापनको जरुरत छैन । आफ्नो उत्पादनको बजारीकरण वा सफलताका लागि तपाईं उपभोक्तामैत्री हुनु आवश्यक देखिन्छ ।

यदि उपभोक्ताको हित र फाइदा सोच्नुभयो भने स्वतः सफल हुन्छ । उपभोक्ताबाट जति सक्दो लिने होइन, उनीहरूलाई दिने हो । गुणस्तरीय सामग्री उचित मूल्यमा उपलब्ध गराउने हो भने उपभोक्ता मारमा पर्दैनन् । सबै उपभोक्तालाई थाहा हुन्छ कि जहाँ सामानको धेरै प्रचारप्रसार हुन्छ त्यो सामान साँच्चिकै राम्रो हुँदैन भनेर । त्यसैले यदि तपाईंलाई आफ्नो व्यापार व्यवसाय बढाउनु छ भने प्रचार होइन उपभोक्ताको माग र फाइदालाई ध्यानमा राख्नुहोस् । यसो गर्दा तपाईं व्यापारमा सफल बन्न सक्नुहुन्छ ।
– कमल सुनार, सिन्धुली ।

‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍

प्रतिक्रिया दिनुहोस्