युरोकपमा २६ खेलाडी राख्न पाउने



लन्डन, (एजेन्सी)

आगामीजुन–जुलाइमाहुने युरोकप२०२० फुटबलप्रतियोगितामा सहभागीप्रत्येक टिमले २६ खेलाडी राख्नपाउने भएको छ ।युरोपियन फुटबलको सर्वोच्च निकाययुईएफएको कार्यकारी समितिले नियमित२३ बाट बढाएर २६ खेलाडी राख्नपाउने निर्णय गरेको हो ।युईएफएको राष्ट्रिय टिम समितिले अप्रिलमालिएको यस निर्णयलाई युईएफएकार्यकारी समितिले स्वीकृत दिएको हो । यो निर्णयले कोरोना महामारीको दौरानखेलाडी र क्लबको भार न्यूनगर्न सकिने समितिले जनायो ।

कोभिड १९ पोजिटिभ भेटिएमा ती खेलाडीलाई क्वारेन्टिन राख्नुपर्ने हुन्छ । यसपछि हुने खेलाडीको अभावको सामना गर्नुपर्ने हुन्छ । यसैले खेलाडीसंख्या बढाएर टिमको जोखिमन्यूनीकरण गर्न सबै सहभागी टिमका लागि खेलाडी बढाउनुपर्ने आवश्यकभएको समितिले जनाएको थियो ।यसअघि नै हरेक टिमले खेलमा ५ जना खेलाडी सब्स्टिच्युट गर्न पाउने निर्णयभइसकेको छ । यद्यपि, हरेकम्याचमा बढीमा एक टिमको २३ खेलाडी मात्र राख्नपाइनेछ । प्लेइङ ११ बाहेक १२ जना सब्स्टिच्युट खेलाडी बेन्चमाबस्नपाउनेछन् ।

कोरोना भाइरस महामारीले गर्दा युरो कप एक वर्षपछि सरेको थियो । युरोकप यसै वर्ष जुन ११ देखि जुलाई ११ सम्म युरोपकाविभिन्न देशको शहरमा हुनेछ । जसको लागि टिम दर्ता गर्ने अन्तिममितिजुन १ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्