ख्यातिप्राप्त गायक प्रेमध्वज प्रधानको निधन



विदुर गिरी, काठमाडौं ।

मखमली स्वरका धनी ख्यातिप्राप्त गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ । ८२ वर्षीय गायक प्रधानको स्वास्थ्यमा समस्या आएपछि केही दिन अगाडि सुन्धारास्थित काठमाडौं न्यूरो अस्पतालमा भर्ना गरिएको थियो।
उनको उपचारकै क्रममा अस्पतालमै निधन भएको पारिवारिक स्रोतले न्युज अफ नेपाललाई जानकारी दिएको छ ।छायांकार मञ्जुकुमार श्रेष्ठले अस्पतालबाट जानकारी गराएअनुसार प्रेमध्वजको बिहीबार दिउँसो करिब पौने १ बजे हृदयघातबाट निधन भएको थियो। उनका अनुसार प्रेमध्वजको पिसिआर रिपोर्ट भने नेगेटिभ आएको छ।

गायक तथा संगीतकार प्रधानका घुम्तीमा नआऊ है, गोरेटो त्यो गाउँमा, नमान लाज यस्तरी, गुलाबी घुम्टो उघारिदेउलगायत दर्जनौँ गीत कालजयी सावित भएका छन् । १९९३ साल (सन् १९३८ जुन ६) मा सिन्धुपाल्चोकको चौतारामा पिता रत्नध्वज प्रधान र प्राणदेवी तुलाधारबाट जन्मिएका थिए। काठमाडौंको नघलमा पनि उनीहरूको पुख्यौली घर थियो।

प्रतिक्रिया दिनुहोस्