चार सांसद र तीन कर्मचारीमा कोरोना संक्रमण पुष्टि



काठमाडौँ ।

प्रतिनिधिसभाका ४ सांसदमा कोरोना संक्रमण पुष्टि भएको छ । २७ वैशाखमा हुने संसदको विशेष अधिवेशनलाई लक्षित गर्दै सांसद तथा कर्मचारीको पीसीआर परीक्षण गरिएको हो ।

त्यस्तै संसद सचिवालयका ३ कर्मचारीमा पनि कोरोना भाइरस संक्रमण भएको छ । बुधबार सांसद तथा कर्मचारीहरुको पीसीआर परीक्षणका लागि लिएको स्वाव परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण देखिएको संघीय संसदका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए ।

कोरोना पुष्टि हुनेमा जनता समाजवादी पार्टी (जसपा) का सा‌सदहरू लक्ष्मणलाल कर्ण, नरमाया ढकाल, रामबाबु यादव र कांग्रेसकी सांसद पार्वती डिसी चौधरी छन् ।

प्रतिक्रिया दिनुहोस्