कर्मचारीमा कोरोना, गाउँपालिका बन्द



डोटी, (नेस)

बडिकेदार गाउँपालिकामा कार्यरत चार जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै गाउँपालिकाले एक हप्तासम्मका लागि स्वास्थ्य सेवाबाहेकका सम्पूर्ण सेवा बन्द गरेको छ । गाउँपालिकाले एक सूचना प्रकाशित गरी वैशाख २७ गतेसम्म लागँ हुने गरी स्वास्थ्य सेवाबाहेक सम्पूर्ण सेवा पूर्णरूपमा बन्द गरेको हो ।

‘हाम्रा कर्मचारीमा कोरोना देखिएको छ, सेवा लिन आउने सेवाग्राहीमा कोरोना सङ्क्रमण नसरोस् भन्ने उद्देश्यले स्वास्थ्यबाहेकका सबै सेवा बन्द गरिएको हो ।’ –गाउँपालिका अध्यक्ष कृष्णबहादुर चन्दले बताउनुभयो ।जिल्लामा अहिलेसम्म २ सय ३२ जनामा सङ्क्रमण भएको छ । भारतबाट रोजगारी गरी घर फर्किएका नागरिकमा देखिएको कोरोना पछिल्लो समय पहिलोपटक पालिकामा काम गर्ने कर्मचारीमा देखिएपछि कोरोना अब समुदायमा सर्न थालेको जिल्ला स्वास्थ्य कार्यालयका कोभिड सम्पर्क व्यक्ति तेजबहादुर शाहीले जानकारी दिनुभयो ।

संक्रमित वृद्धको मृत्यु

एक जना कोरोना सङ्क्रमित वृद्धको मृत्यु भएको छ । आदर्श गाउँपालिका–२ कालिकास्थानका ६२ वर्षीय बुधबार बिहान मृत्यु भएको हो ।
मृतकको कोरोना परीक्षण गर्दा गएको चैत २० गते पीसीआर पोजेटिभ देखिएको र उनको जिल्ला अस्पतालको आइसोलेनमा उपचार भइरहेको जिल्ला अस्पताल डोटीका डा प्रकाश ठकुल्लाले जानकारी दिनुभयो । कोरोना भाइरसको सङक्रणबाट डोटीमा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ भने अस्पतालको आइसोलेसनमा मृत्यु हुनेमा उनी पहिलो व्यक्ति हुन । मृतक दम र प्रेसरको बिरामी रहेको उपचारमा सलग्न चिकित्सकले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्