प्रधानमन्त्रीले साँझ ५ बजेलाई बोलाए मन्त्रिपरिषद् बैठक



न्युज अफनेपाल काठमाडौं ।

प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । पार्टीको स्थायी कमिटी बैठक लगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति भवन शीतल निवास पुगेका थिए।

बैठक बिहीबार साँझ ५ बजे बोलाइएको छ। हरेक साताको सोमबार र बिहीबार मन्त्रीपरिषदको बैठक बस्ने तालिका अनुसार बैठक बस्ने लागेको हो।बैठकमा कोरोना भाइरस संक्रमण दर तीव्र बनेपछि यसको रोकथाम र नियन्त्रण गर्न चाल्नुपर्ने कदम, पछिल्लो राजनीतिक घटनाक्रम लगायतका विषयमा छलफल हुने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्