रामेछापको आइसोलेसनमा उपचाररत दुुई कोरोना संक्रमित गम्भीर भएपछि काठमाडौं पठाइयो



युबराज श्रेष्ठ , रामेछाप ।

जिल्ला अस्पताल रामेछापमा केही दिन अघि कोरोना संक्रमण देखिएपछि आइलोसेलनमा भर्ना भई उपचार गरिरहेका दुुईजनाको अवस्था गम्भिर भएपछि बुधबार थप उपचारको लागि काठमाण्डौं पठाइएको छ । दोश्रो लहरको कोरोना संक्रमण देखिएपछि एकहप्ता देखीजिल्ला अस्पतालको आइसोलेसन कक्षमा उपचाररत मन्थली नगरपालिकाका वडा नं ८ का ६६ वर्षिय एक पुरुष र रामेछाप नगरपालिका वडा नं ४ का ४० बर्षिय एक पुरुषको अवस्था गम्भिर भएपछि थपउपचारको लागि काठण्माडौं पठाइएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्रकुमार कर्णले जानकारी दिए ।

जिल्ला अस्पताल रामेछापमा निमार्ण गरिएको १८ वेड क्षमतको आइसोलेसन कक्षमा हाल ७ जनाको उपचार भइरहेको थियो । उपचाररत ७ जनामध्ये दुुईजनाको अवस्था जटिल बनेपछि उनीहरुलाई काठमाण्डौ पठाइएको र हाल ५ जना कोरोना सक्रिय संक्रमितको आइसोलेसन कक्षमा राखेर उपचार भइरहेको जिल्ला स्वास्थ्यकार्यालय रामेछापले जनाएको छ ।दोश्रो लहरको कोरोनाको जोखिम वढेसँगै कोरोना सक्रिय संक्रमितको संख्यामा समेत बृद्धि भएको छ ।

अहिले मन्थली नगरपालिकामा १८ जना, रामेछाप नगरपालिकामा १ जना, खाँडादेवी गाउँपालिकामा ३ जना, गोकुुलगंगा गाउँपालिकामा ९ जना, दोरम्वा गाउँपालिकामा २ जना र लिखुु तामाकोशी गाउँपालिकामा ७ जना गरि ४७ जना सक्रिय संक्रमित रहेको जिल्ला स्वास्थ्यकार्यालय रामेछापले जानकारी दिएको छ ।अधिकासं कोरोना सक्रिय संक्रमितहरु आफ्नै घरमा होम आइसोलेसनमा बसेका छन् । स्थानिय गाउँपालिकाहरुले लाखौ खर्च गरेर आइसोलेसन कक्ष निमार्ण गरेको भएतापनि अधिकासं आइसोलेसन कक्षखाली रहेका छन् । जिल्ला भर हाल १ सय १६ वेड क्षमताको आइसोलसनकक्ष निमार्ण भएको छ ।

प्रतिक्रिया दिनुहोस्