सुमनले ल्याइन् नेपाल भाषाको गीत



गायिका सुमन श्रेष्ठ ‘मुना’ ले गाएको नेपालभाषाको नयाँ गीत भ्वासि जुया (उरन्ठयौलो भएर) को म्युजिक भिडियो बुधबार सार्वजनिक भएको छ। केहीवर्ष अगाडि गायन क्षेत्रमा सक्रिय रहेकी गायिका मुना अहिले लामो समयको अन्तरालपछि यही गीतको माध्यमबाट सांगीतिक क्षेत्रमा फर्केकी हुन्।
नेपाल भाषा फिल्म क्षेत्रका कलाकार रूपेन्द्र श्रेष्ठ थक्वाःमिको अभिनय रहेको म्युजिक भिडियो मानव अभिनेत्री मुस्कान राज भण्डारीले पनि अभिनय गरेकी छिन्। चन्देश्वर महर्जनको रचना रहेको गीतमा सुरेन्द्र श्रेष्ठको संगीत रहेको छ। नेपाल भाषाको फिल्म र सांगीतिक क्षेत्रका लोक प्रिय कलाकर्मी रामकृष्ण खड्गीको निर्देशन रहेको म्युजिक भिडियोमा रकी महर्जनको छायांकन र बालकृष्ण वंशीको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्