काठमाडौंमा मात्र २८४९ जनामा कोरोना संक्रमण, उपत्‍यकामा १५ को मृत्‍यु



न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ हजार ८२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा २ हजार ८४९, भक्तपुरमा ४५८ र ललितपुरमा ५१८ जना कोरोना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै एकै दिन काठमाडौँ उपत्‍यकामा १५ जनाको मृत्‍यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बुधबार देशभर ५८ जनाको मृत्यु भएको छ भने ८६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्