रसुवामा ४ जनाले जिते कोरोना



न्युज अफ नेपाल, रसुवा ।

जिल्लामा कोरोना संक्रमित भएका ४ जना निको भएका छन् भने अब संक्रमित संख्या ४८ रहेको छ । कोरोनाको दोस्रो लहर सुरु भएसँगै जिल्लामा पनि कोरोना संक्रमित बढिरहेका छन् ।

स्वास्थ्य कार्यालय रसुवाका अनुसार गोसाइँकुण्डमा १३, कालिकामा २१, उत्तरगयामा ८, नौकुण्डमा २ र बाहिरी जिल्लाका ४ जना रहेका छन् । संक्रमितहरूमध्ये ८ जना संस्थागत र ४० जना होम आइसोलेसनमा बसेका छन् ।

रसुवामा हालसम्म २ सय ३३ जनामा कोरोना पुष्टि भएको थियो । जसमा १ सय ८८ जना निको भएका छन् । जिल्लामा हालसम्म १ हजार ९ सय ७०वटा स्वाव संकलन गरिएकोमा १ हजार ६ सय २९ नेगेटिभ र २ सय ३३ पोजेटिभ आएको थियो । अब ९० जनाको नतिजा आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्