कर दाखिलाको समय बढाउन माग



काठमाडौ (नेस) ।

नेपाल चेम्वर अफ कर्मशले कोरोना संक्रमण नियन्त्रणकालागि सरकारले राजधानी लगायत देशका संवेदनशील क्षेत्रमा निषेधाज्ञा जारी गरेकाले तत्काल कर तिर्न नसक्ने अवस्था रहेको जनाएको छ ।

निषेधाज्ञाका कारण उद्योग, व्यवसाय तथा कार्यालय बन्द रहेका छन् र व्यवसायी तथा कर्मचारीहरू आफ्ना कार्यालयमा जान सक्ने अवस्था नरहेकाले कर बुझाउने म्याद थप गरिदिन सरकारंसँग अनुरोध गरेको छ ।

कर तिर्नुपर्ने कागजात कागजातहरू कार्यालयमै रहेकाले कर विवरण र कर रकम दाखिला गर्न अनलाइनबाट समेत सम्भव नभएकोले म्याद थपको वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्