अर्धनग्न तस्वीर खिचेर आमाको करियरमा सघाउने छोरो



लन्डन, (एजेन्सी) ।

आफ्नो आमाको भित्री पहिरन लगाएको अवस्थामा वा पूरै वस्त्रहीन अवस्थामा तस्वीर खिचेर अनलाइनमा सेयर गर्ने कुनै सन्तानले गर्न त के त्यस्तो गर्ने कल्पना पनि गर्न सक्दैनन् । तर, बेलायतको एकजना किशोर छोराले आफ्नी आमाको ग्ल्यामरस करियर अघि बढाउन र आफैंलाई पनि केही पकेट खर्चका व्यवस्था गर्ने उद्देश्यले त्यस्ता तस्वीरहरू भाइरल बनाउन आमाको नाममा वन्लीफ्यान्स एकाउन्टसमेत खोलिदिएको ‘दि डेली स्टार’ले जनाएको छ ।

बेलायतको राजधानी लन्डनमा बस्ने १९ वर्षीय लियोनार्डो ह्याथवेले मोडेलिङ क्यारियर अपनाउँदै आएकी आफ्नी आमा लुसेने डआर्टेलाई यसरी पूर्ण सहयोग गरेका हुन् ।

लुसेनेका कामोत्तेजक तस्वीरहरू यसअघि नै पोचयर््ुगलबाट निस्कने पुरुषहरूको पत्रिका ‘प्लेब्वाय’ र अस्ट्रेलियामा छापिने ‘एफएचएम’ मा प्रकाशित भइसकेका छन् । साथै, उनले सन् २०१९ मा मिस बमबम वल्र्ड प्रतियोगिता पनि जितेकी थिइन् ।

यसबारे लियोनार्डो भन्छन् – ‘हामी आमा–छोराबीच गजबको सम्बन्ध छ । म उहाँका चाहनाहरूको समर्थन गर्दछु, त्यसैगरी उहँँले मेरा इच्छाहरू पूरा गर्नुहुन्छ । मलाई उहाँलाई किन मद्दत नगरुँ जस्तो लाग्छ ।’ उनले एडल्ट सब्सक्रिप्सन हुने साइटमा लुसेनेको एकाउन्ट खोलिदिएका हुन् ।

यसैगरी, ‘केर्री क्याटोना’ नामक चौंथो गर्भ बोकिरहेकी अर्की एक आमाले पनि आफ्नी १३ वर्षीया छोरी हेइडी पनि वन्लीफ्यान्समा आफ्ना तस्वीर अपलोड गर्न सधंै क्यामेरा बोकेर आफू पछि लागिरहने बताउँछिन् । पैसाका लागि त्यसरी आफ्नी आमाको तस्वीर अपलोड गर्ने लियोनार्डो एक मात्र व्यक्ति नभएको बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्