बलिउड अभिनेत्री दीपिका पादुकोणसहित परिवारलाई नै कोरोना संक्रमण



मुम्बई : बलिउड अभिनेत्री दीपिका पादुकोणको परिवार नै कोरोना संक्रमित भएका छन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार दीपिकाका पिता प्रकाश पादुकोण, आमा उज्जला पादुकोण र बहिनी अनीशा पादुकोणलाई कोरोना संक्रमण भएको हो ।

दीपिकाको परिवारलाई १० दिन अघि नै कोरोना भाइरसको लक्षण देखिएको बताइएको छ । लक्षण देखिएपछि गरिएको परीक्षणमा उनीहरुलाई पोजेटिभ देखिएको हो । दीपिकाको पिता बेङलोरको एक अस्पतालमा भर्ना भएका छन् ।

प्रतिक्रिया दिनुहोस्