वडा सदस्यको शव पोष्टमार्टम गर्न हिँडेको जीप दुर्घटना, ५ जनाको घटनास्थलमै मृत्यु



न्युज अफ नेपाल, काठमाडौं ।

बैतडीको पञ्चेश्वरमा जी दुर्घटना हुँदा ५ जनाका घटनास्थलमै मृत्यु भएको छ। भने ३ जना घाइते भएका छन् । घाइतेको अवस्था अत्यन्त गम्भीर रहेको प्रहरीले जनाएको छ । हाल उनीरुको जिल्ला अस्पताल बैतडी उपचार भइरहेको छ । सोमबार साँझ चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका ६ का वडा सदस्य गोबिन्द भण्डारीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बैतडी लैजाने क्रममा जिप दुर्घटनामा परेको हो।

मृतक ५ मध्ये ४ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नं. ६ रोडिदेवलका दिपक भण्डारी ३४ बर्ष, जित सिह भण्डारी ५३ बर्ष, हिकमत सिह भण्डारी २६ बर्ष र डम्बर भण्डारी ३० बर्ष र जिप चालकको पहिचान खुल्न बाँकी रहेको जनाईएको छ।

प्रतिक्रिया दिनुहोस्