काठमाडौंको ‘निषेधाज्ञा’ थप कडा बनाइने, यसअघि जारी भएका सबै पास खारेज

पसल खोल्ने समय बिहान ७ देखि ९ बजेसम्म मात्र



न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थपिएको छ । मंगलबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । यो एक साताको अवधिमा निषेधाज्ञा थप कडा बनाइने भएको छ । यस्तै पसल खोल्ने समय बिहान ७ देखि ९ बजेसम्म मात्र तोकिएको छ ।

यसअघि जारी भएका सबै पास खारेज गर्ने निर्णय समेत भएको छ । भने बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो २५ प्रतिशत कार्यालय खोल्न पाउने र त्यहाँ २० प्रतिशत कर्मचारीले मात्रै काम चलाउनुपर्ने निर्णय भएको छ । कवाडी संकलन लगायत ठेला गाडा समेत सञ्चालनमा रोक लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्