पोखरेलकाे नियुक्ति बदर हुन्छ : घर्ती



न्युज अफ नेपाल, काठमाडौं ।

पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रकी लुम्बिनी प्रदेश अध्यक्ष ओनसरी घर्तीले मुख्यमन्त्री शंकर पोखरेलले कीर्ते काम गरिएको जनाउँदै उनको पुनः नियुक्त बदर हुने बताएकी छन् ।

घर्तीले आफ्नो पक्षका ४२ सांसदको हस्ताक्षर समेत देखाएर पोखरेल मुख्यमन्त्री पुनः नियुक्त भएको बताएकी छन् । बहुमत नभएपछि अविश्वासको प्रस्ताव अघि बढ्ने डरले पोखरेलले किर्ते चाल चालेको उनको आरोप छ । विमला वलीले माओवादी केन्द्र रोजेसँगै एमाले पक्षमा ४० जनामात्रै सांसद रहेको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्