प्रचण्ड निकट अष्ट्रेलियाका लागि नेपाली राजदूत दाहाललाई फिर्ता बोलाइयो



न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकाले लगातार माओवादी केन्द्रमाथि एकपछि अर्को हमला गरिरहेको छ । सोमबार माओवादी कोटाबाट प्रदेशप्रमुख चयन भएका गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला पन्तलाई पदमुक्त गरेसँगै ओली सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई पनि फिर्ता बोलाउने निर्णय गरेको छ ।

प्रचण्ड निकट दाहाललाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले फिर्ता बोलाउने निर्णय गरेको हो । साथै, मन्त्रिपरिषद् बैठकले ओमानका लागि नेपाली राजदूत शर्मिला ढकाल पराजुली र जापानी नियोगकी राजदूत प्रतिभा राणालाई अर्को निर्णय नभैञ्जेलसम्म निरन्तरता दिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्