बर्दियामा निषेधाज्ञाको पहिलो दिन : ७८४ सवारी साधनसहित १ हजार १२२ जना होल्डमा



न्युज अफ नेपाल, बर्दिया ।

बर्दियामा निषेधाज्ञाको अवज्ञा गर्ने २३४ साइकल, ४१० मोटरसाइकल, १४० चारपाङ्ग्रे सवारी साधन र १ हजार १२२ जना मानिसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कोरोना संक्रमण फैलिएसँगै जिल्लामा अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवाहरु बन्द गरिएको छ । निषेधाज्ञा निरिक्षणमा खटाइएको प्रहरी टोलिले निषेधाज्ञाको पहिलो दिनमै अवज्ञा गरी चलाइएका सवारी साधनसहित मानिसलाई होल्डमा राखेको हो ।

होल्डमा राखिएका सबैलाई सम्झाई बुझाई गरी अत्यावश्यक बाहेक हिडडुल नगर्न सुझावसहित छोडिएको छ ।

प्रतिक्रिया दिनुहोस्