बियोन्सेले गाइन् ल्यासे पाउँ



संगीतकार राजनराज शिवाकोटीले १२ वर्ष अगाडि सिर्जना गरेको गीत फुलबुट्टे सारीको कभर भर्सन गाएर चर्चामा आएकी युगान्डाकी बियोन्सेले अर्को नयाँ नेपाली गीत गाएकी छिन्।

नेपाल घुम्न आएको बेला ट्रेन्डी गीतका रूपमा फुलबुट्टे सारी गाएकी बियोन्सेले राजनको संगीतमा ल्यासे पाउँ बोलको नेवारी गीत गाएकी हुन्। गीत सञ्चारकर्मी मन्दिरा ढुंगेलले लेखेकी हुन्। राजेश पुमा राईले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा राजन र बियोन्सलाई फिचरिङ गरिएको छ। गीत पनि यी दुवैले गाएका छन् । उत्सव दाहालले खिचेको म्युजिक भिडियो विकास दाहालले सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्