चेसको उपाधि रूपेशलाई



ललितपुर, (नेस) ।

ताप्लेजुङजिल्ला बुद्धिचाल संघका कार्य समिति सदस्यतथा खेलाडी प्रेमराज लिम्बूको स्मृतिमा एकदिने ब्लिज बुद्धिचाल प्रतियोगिता सोमबार सम्पन्न भएको छ ।

कोरोना संक्रमणको कारणले दुखद निधन भएका लिम्बूको स्मृतिमा भएको प्रतियोगिताको उपाधि रूपेश जैसवालले जितेका हुन् । नेपालका उच्चवरियताका खेलाडी रूपेशले नवौं चरणको खेलमा काठमाडौका पुरुषोत्तम सिलवाललाई पराजित गरेका थिए । उनले पूर्ण ९  अंक जोडेका थिए । त्यस्तै भोजपुरका सुमन राईले समान ७ अंक नै जोडेका धनुषाका सुशील चौधरीलाई प्रोग्रेसिभ अंकको आधारमा हराई दोस्रो स्थान हासिल गरे । उनले अन्तिम चरणको खेलमा सुदीप तामाङलाई हराउन सफल भए भने शुशिलले मकवानपुरका कृष्ण थापामाथि सफलता हातपारी तेस्रो स्थानमा रहन सफल भए।

ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा सुदीप तामाङ चौथो , सुशुरत दाहाल पाँचौँ भए भने छैटौंदेखि आठौंमा पुरुषोत्तम सिलवाल, सुनसरीका तीर्थ सुब्बा र कृष्ण थापा रहे । १ सय ६ खेलाडीहरूको प्रतियोगिताको लागि प्रथमदेखि दशौं स्थान हात पार्ने खेलाडीहरूलाई नेपाल बुद्धिचाल संघका सदस्य पुरुषोत्तम थापा र कोरियामा रहनु भएका चेस खेलाडी उत्तमराज थापाले नगद पुरस्कारको प्रायोजन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्