एक करोडमा बन्यो रसुवा रंगशाला



सरस्वती न्यौपाने, रसुवा ।

खेलकुदलाई व्यवस्थित र मर्यादित बनाउन जिल्लाको गोसाइकुन्ड गाउँपालिका वडा नम्बर ६ धुन्चेमा एक करोडको लागतमा रसुवा रंगशाला निर्माण भएको छ ।

वागमती प्रदेश सरकारको ६५ लाख र गोसाइकण्ड गाउँपालिका को ३५ लाख गरी कुन्ड एक करोडको लगानीमा रंगशाला निर्माण भएको हो। ६२ फिट लम्बाइ र ४२ फिट चौढाइ भएको खेल मैदान तथा ६ सय जनादर्शक बस्न मिल्ने स्थल समेत बनाइएको छ । यस खेल मैदानमा हाइ जम्प, दौड, फुटबल, भलिबल, शारीरिक व्यायाम गर्न मिल्ने गरी व्यवस्थित मैदान बनाइएको पालिका अध्यक्ष कैसाङ नुर्पु तामाङले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्