म्याट्रेस खरिद गर्न किस्ताबन्दी सुविधा



काठमाडौ (नेस) ।

मेगा बैंक नेपाल लिमिटेडले आफ्ना क्रेडिट कार्डका ग्राहकलाई ग्रिन बुटी ब्रान्डका म्याट्रेस खरिद गर्न किस्ताबन्दी सुविधा ल्याएको छ ।

आई बोस ग्लोबल लाइफ इन्टरनेसनलसँग गत शुक्रबार भएको सम्झौताअनुसार मेगा बैंकले किस्ताबन्दीमा म्याट्रेस खरिद गर्ने सुविधा ल्याएको हो । ग्राहकहरूले भौतिक रूपमा तथा आईबोस लाइफ डटकमबाट पनि म्याट्रेस खरिद गर्न सक्नेछन् । यसरी किस्ताबन्दीमा खरिद गरेबापत बैंकको ब्याज निःशुल्क गरिएको छ भने कुल मूल्यको शतप्रतिशतसम्म फाइनान्सिङ सुविधा उपलब्ध गरिएको छ ।

आईबोस ग्लोबल लाइफ इन्टरनेसनल उत्कृष्ट म्याट्रेस उत्पादन गरिरहेको नेपाली कम्पनी हो । आईबोसले ग्रीन बुटी ब्रान्डका ८० हजारदेखि डेढ लाख रुपियाँसम्मका म्याट्रेस उत्पादन गरिरहेको छ ।

ग्राहकहरूलाई छ महिना तथा एक वर्ष गरी दुईवटा किस्ताबन्दीको सुविधा दिइएको मेगा बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्